अपडेट 
२०७७ भाद्र ८, सोमबार ०६:३६

कोरोनाविरुद्ध स्पुतनिक ५ नामक खोपको परीक्षणपछि रूसले पुनः दोस्रो खोप तयार गरेको दावी गरेको छ । नयाँ खोपको कुनै साइड इफेक्ट नरहेकोसमेत रुसको दावी छ ।

केही दिनअघि मात्र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप तयार भएको घोषणा गरेका थिए । उनको यो घोषणासँगै कोरोनाविरुद्ध खोप बनाउने रुप पहिलो देश बनेको थियो । त्यस खोपको नाम स्पुतनिक ५ राखिएको थियो, त्यसलाई नागरिकमा प्रयोग गर्ने अनुमतिसमेत प्रदान गरिएको थियो । त्यो खोपलाई पुटिनका एक छोरीलाई लगाइएको पनि बताइएको थियो । त्यहाँबाट प्रकाशित डेली मेल पत्रिकाका अनुसार पहिलो खोपको साइड इफेक्ट आए पनि नयाँ खोपमा कुनै साइड इफेक्ट छैन । रुसले दोस्रो खोपको नाममा इपीभ्याक कोरोना राखेको छ । यो खोपको निर्माण साइबेरियाको वर्ल्ड क्लास भायरोलॉजी इन्स्टिच्युट (वेक्टर स्टेट रिसर्च सेंटर ऑफ भायरोलॉजी एंड बायोटेक्नोलॉजी)मा भएको हो ।

रुसका वैज्ञानिकले यो इपीभ्याक कोरोना खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पूरा हुने जनाएका छन् । यस खोपलाई ५७ जना स्वयम्सवेकमा परीक्षण गरिएको र ती सबै स्वस्थ रहेका जनाइएको छ । यो खोपलाई आउँदो अक्टुबरसम्म दर्ता गर्ने र नवम्बरदेखि उत्पादन शुरु गर्ने छ । चीन, अमेरिका और वेलायले पनि कोरोनाविरुद्ध खोप बनाउन लागि परेको छ । ती देशमा कतिपय खोपको प्रारम्भिक परीक्षण भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News