अपडेट 
२०७७ भाद्र ८, सोमबार १०:०८

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ मा एक सुबिधा सम्पन्न ब्याङ्क्युट हल संचालनमा आउने भएको छ ।


बिभिन्न समारोह,विवाह,बर्तमन,गोष्टि,सेमिनार सहितको तथा हप्ताको हरेक शुक्रबार लाईभ डान्स जस्ता मनोरञ्जनात्मक कार्याक्रम हुने गरी एक सुबिधा सम्पन्न ब्याङ्क्युट हल संचालनमा आउने भएको हो । चन्द्रपुर नगरपालिकामै सेवाग्राहीहरुको लागि सुबिधा सम्पन्न ब्याङ्क्युट हल नभएको कारण लाखौं खर्चेर ब्याङ्क्युट हलको संचालन गर्ने तयारी भईरहेको संचालक अर्बिन्द चौधरीको भनाई रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मै एक बर्ष अगाडि होटल ए.एन प्लाजा संचालन गरेर चन्द्रपुरको उत्कृष्ठ होटलहरुको रुपमा चिनाएका होटल संचालक अर्बिन्द चौधरी र नरेन्द्र यादवकै संयुक्त लगानिमा चन्द्रपुरमा एक सुबिधा सम्पन्न ब्याङ्क्युट हल संचालन हुने तयारीमा पुगेको छ ।


संचालक चौधरीका अनुसार सो निमार्णधीन ब्याङ्क्युट हलमा करिव ४ सय जना सम्म अट्ने श्रमता रहेको छ । बिभिन्न किसिमका आधुनिक लाईटहरु, एसी सहितको बेवास्था समेत गरिएको सो हलमा विवाह,वर्तमन,वर्थ–डे पार्टि,गोष्टी,सेमिनार सहित बिभिन्न किसिमका समारोह आयोजना गरिने संचालक चोधरीले बताएका छन् । सो ब्याङ्क्युट हलको संचालन पछि चन्द्रपुरमा एक सुबिधा सम्पन्न स्विमिङ पुल पनि निमार्ण गर्ने सोच रहेको संचालक चौधरीले जानकारी गराएका छन् ।

Comment


Related News

Latest News

Trending News