
सोमबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।