अपडेट 
२०७७ भाद्र ८, सोमबार १३:५३

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आयल निगमका नौजना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका एक चिकित्सकले दिएको जानकारीअनुसार आइतबार राति ३०५ जनाको स्वाब परीक्षण गर्दा सात महिलासहित ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । तीमध्ये १९ जना संक्रमित बाराका हुन् । ती ५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो । जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले बताए । उनका अनुसार १६ जनामध्ये नौ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् । गत भदौ ५ मा उक्त वडामा ९५ जनाको स्वाब संकलन गरिएको थियो । वीरगन्ज महानगरपालिका–१५ भिस्वामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

Comment


Related News

Latest News

Trending News