अपडेट 
२०७७ भाद्र ८, सोमबार २०:०९

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । सोमबार बारामा ९४, पर्सामा ३५, रौतहटमा २१, सप्तरीमा १०, सर्लाहीमा १०, सिरहामा ८, धनुषामा ३ र महोत्तरीमा ३ व्यक्तिमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कहाँ कति संक्रमित ?

बारामा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का ६० र ६५ वर्षिय २ पुरुष, कलैया उपमहानगरपालिकाका ६ देखि ६० वर्ष उमेर समुहका २५ महिला र १० देखि ६९ वर्ष उमेर समुहका ४७ पुरुष, देवताल गाउँपालिकाका ३७ वर्षीय एक पुरुष, अमलेखगञ्जका ४० वर्षिया एक महिला र उमेर नखुलेको देखि ५८ वर्षसम्मका १५ पुरुष, बहुअरी वडा नम्बर ४ का २५  वर्षीय एक पुरुष र ठेगाना खुल्न नसकेका २८ र ५५  वर्षीय २ पुरुष रहेको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकाका २६ देखि ६२ वर्ष उमेर समुहका ५ पुरुष, वीरगञ्ज वडा नम्बर १५ भिस्वाका २६ देखि ४० वर्ष उमेर समुहका ४ महिला र साढे २ देखि ६० वर्ष उमेर समुहका ९ पुरुष, नारायणी अस्पताल क्वार्टरका ३७ वर्षीया एक महिला, इनर्वा मनियारी वडा नम्बर २१ का २६ वर्षीय एक पुरुष, पर्सागढी नगरपालिका–८ हरपुर दलित विद्यालयका २१ देखि ७२ बर्ष उमेर समुहका १४ जना पुरुष र ठेगाना खुल्न नसकेकी ७१ वर्षीया एक बृद्धा संक्रमित भएका छन् ।

रौतहटका संक्रमितहरु स्वास्थ्य कार्यालय गौरका ४७ वर्षीया एक महिला र १४ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुष एवं गरुडा नगरपालिकाका १० देखि ६९ बर्ष उमेर समुहका ९ जना महिला र १५ देखि ५५ बर्ष उमेर समुहका ८ जना पुरुष रहेका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाका २६ र ३२ वर्षीय २ वर्षीय, हनुमाननगर कंकालिनी गाउँपालिकाका ३१ र ३४ वर्षीय २ पुरुष, सुरुङ्गा नगरपालिकाका ६० वर्षीय एक पुरुष, राजविराज नगरपालिकाका ४० र ५५ वर्षीय २ पुरुष, राजगढ गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय एक पुरुष, डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय एक युवक र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का ४६ वर्षीय एक पुरुष कोरोना संक्रमित रहेको जनाइएको छ ।

त्यसैगरी सर्लाहीका संक्रमितहरु गोडैता नगरपालिकाका २२ देखि ४८ बर्ष उमेर समुहका ५ जना पुरुष, पर्सा गाउँपालिकाका २४ देखि ६५ बर्ष उमेर समुहका ४ जना पुरुष र ठेगाना खुल्न नसकेका ५५ वर्षीय एक पुरुष रहेको छ ।

त्यस्तै सिरहाको कल्याणपुर नगरपालिकाका ३६ वर्षीय एक महिला र ५४ वर्षीय एक पुरुष, सिरहा नगरपालिकाका  ५५ वर्षीय एक पुरुष, भदैयाका ८४ वर्षीय एक बृद्ध, मलहन्नाका २२ वर्षीय एक युवक, बरियारपट्टी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय एक युवक, मिर्चैया नगरपालिकाका उमेर खुल्न नसकेका एक पुरुष र ठेगाना एवं उमेर समेत खुल्न नसकेका एक पुरुष संक्रमित रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

त्यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४८ वर्षिय एक पुरुष, मथमाका १९ वर्षिय एक युवक र ठेगाना खुल्न नसकेका ५० वर्षिय एक पुरुष संक्रमित भएको छ ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ७ र ९ का ४५ र ५९ वर्षिय २ जना पुरुष एवं बर्दिबास नगरपालिका वडा नम्बर १ का २७ वर्षीय एक युवक तथा जिल्ला र ठाउँ समेत खुल्न नसकेको ६० वर्षीया एक महिला संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News