अपडेट 
२०७७ भाद्र ९, मंगलवार १४:१३

प्रहरीको आँखा छली डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा मटर सशस्त्र प्रहरीले मंगलबार एका बिहान नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो र तीन वटा ठूलो गरि ६ वटा डुङ्गामा लोड गरि भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।


प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु फरार भएको र बरामद १ सय ७५ बोरा हरियो मटर नियन्त्रणमा लिई मंगलबारै बेल्हीस्थित राजविराज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए । मटरको अनुमानित मुल्य करिब ३ लाख ५० हजार रहेको अनुमान गरिएको छ । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध रहेको र मटरको भाउ पनि राम्रै पाउने भएकाले केही दिन यता तस्करहरुले राती र एका बिहानको समयमा डुङ्गाको प्रयोग गरि मदिरा र मटर सीमा पारी लैजाने गरेको स्थानियले बतँएका छन् ।


तीन दिन अघि पनि सशस्त्र प्रहरीको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा एक ट्रक मदिरा नाका क्षेत्र राजगढ गाउँपालिकाको मझौरा चौक नजिकैबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नाका क्षेत्रमा गस्ति र निगरानी बढाएपछि तस्करहरु सप्तकोशीबाट डुङ्गामार्फत तस्करीको नयाँ शैली अपनाउन सुरु गरेको पाइएको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।

Comment


Related News

Latest News

Trending News