अपडेट 
२०७७ भाद्र ९, मंगलवार १६:१९

महोत्तरीमा कोरोनाभाइरस संक्रमण भएका थप २ जनाको मृत्यु भएको छ ।

मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको हो । मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै अर्का मृतक बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको ढाडमा लामो समयदेखि समस्या थियो ।

यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए । 

Comment


Related News

Latest News

Trending News