अपडेट 
२०७७ भाद्र ९, मंगलवार १६:४३

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र ६ जना पुरुष गरी सात जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका ७४ र ६६ वर्षीय दुई पुरुष र ७१ वर्षीया एक वृद्धा, सिरहाका २२ वर्षीय, धनुषाका ७६ वर्षीय, पर्साका ६८ वर्षीय र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको बताउनुभएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ६४ जना पुगेको छ ।

Comment


Related News

Latest News

Trending News