अपडेट 
२०७७ भाद्र १०, बुधबार ०७:५४

कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज–१ निवासी ३७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति साढे १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए । उनी यही भदौ ८ गते छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । पिसिआर परीक्षण गर्दा भदौ ९ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News