अपडेट 
२०७७ भाद्र १०, बुधबार ११:४५

महोत्तरीका एक जना कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो ।ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News