अपडेट 
२०७७ भाद्र ११, बिहीबार ०६:३४

झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय रफिक आलम उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले १० राउण्ड गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। स्थानियहरुले प्रहारबाट नेपाली प्रहरी र सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News