अपडेट 
२०७७ भाद्र १२, शुक्रबार ०६:०६

वरिष्ठ सञ्चारकर्मी एवं जनकपुर टुडे मिडिया ग्रुपका सम्पादक बृज कुमार यादवको घरमा ढुंगामुढा गर्ने गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेकोछ ।

विहिवार बिहान करिब १० बजे एकहुल गुण्डाहरुले सम्पादक यादवको घरमा र जनकपुर टुडेको कार्यालयमा ढुंगामुढा गरेका थिए । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, शिवशंकर साह, रामबाबु साह, सत्यनारायणण् साह, वीरेन्द्र साह लगायतका समुहले ढुंगामुढा गरेको सम्पादक यादवले जनाए । उनीहरुले लाठी, ढुंगा, इँटा लिएर घरमा आक्रमण गरेका थिए ।धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले ७ जनालाई नियन्त्रणमा लिएको बताए ।तर उनीहरुलाई साँझ तारेखमा रिहा गरिएको बताइएकोछ । सम्पादक यादवले जनाए अनुसार जनकपुर टुडेको कार्यालय भवन निर्माणका लागि करिब २ वर्ष पूर्व जनकपुरधाम उपमहानरपालिकाको वडा नम्बर ८ सिट नं.१३५५र१७ को कि.नं. १४२ को क्षेत्रफल १ कठठा जग्गा खरिद गरिएको हो ।नापी कार्यालयको नक्सामा सो जग्गा १ कठ्ठा रहेको, लालपुर्जापनि १ कठ्ठाको रहेको र जनकपुरधाम उपमहानगरपालिकाले पास गरेको घरको नक्साको क्षेत्रफलपनि १ कठठ रहेकोछ । त्यो जग्गाको पश्चिम तर्फ रसिक बिहारीको २ कठ्ठा ११ धुर जग्गा छ ।त्यसको जग्गा अपुग भए सम्पादक यादवले पुरा गर्न तयार रहेको बताए ।

घटि भएको जग्गा नापेर दिन तयार रहेको जनाउँदै उनले भने, नापी कार्यालयबाट अमिन खटाइ रेखांकनगरि जग्गा यकिन गर्नुपर्छ । अबैध रुपमा जग्गा कब्जा गर्ने दुष्प्रयास गर्नेहरुले सम्पादक यादवको घरमा ढुंगामुढागरि परिवारजनलाई तर्साएर हड्प्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । जग्गाको सम्पूर्ण विवरण जतिखेर जहाँपनि सार्वजनिक गर्न सकिने जनाउँदै उनले समाजका विभिन्न जात र तेली समुदायक मानिसहरुलाई समेत देखाएको बताए । तर जानकी मन्दिरको जग्गामा बिना नक्सा, लालपुर्जाको घर बनाउने शिवशंकर साह लगायतका केहि भूमाफियाहरुले जातिय नाउँमा गुण्डागर्दी गर्न थालेका छन् ।विगतमापनि यस्ता दुष्प्रयासगर्दा असफल भएका साहले जातिय सदभाव बिगारेर चुनावी रणनीतिमा लागेका छन् । कुनै व्यवसाय नभएका साहले जानकी मन्दिरको जग्गा अबैध कब्जागरि नक्सा समेत पास नगराइ घर बनाएका छन् ।उनले बनाएको घरलाई तत्काल भत्काउनु पर्ने अथवा जानकी मन्दिरको स्वामित्वमा हस्तांतरण गर्नुपर्ने माग उठन थालेकोछ ।

अनधिकृत रुपमा जग्गामा घर बनाएका शिवशंकर साहले अन्यको लालपुर्जा जग्गामा समेत दलाली खान खोजेका हुन् ।

Comment


Related News

Latest News

Trending News