अपडेट 
२०७७ भाद्र १२, शुक्रबार ०८:२०

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । 

महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।  शुक्रबार दिउँसो  देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यसैगरी, गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।   यस्तै, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

Comment


Related News

Latest News

Trending News