अपडेट 
२०७७ भाद्र १२, शुक्रबार ०८:४५

लहान : श्रम शोषणको आरोप लागेपछि जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष शिवजी यादब तनावमा परेका छन् । उनले आफुमाथि राजनीतिक रिसइबीका कारण श्रम शोषणको आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भएको दावी गरेका हुन् ।

‘आफु जहिल्यै सत्यको पथमा हिड्ने मान्छे हुँ’, उनले भने, ‘निस्वार्थ भावनाले जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेँ । तर गलत प्रबृतिका केहि व्यक्तिले आफुमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गर्दा तनावमा परेको छु ।’ उनका अनुसार इटाटारका कबुली पासवान, मनोज पासवान र भोला यादबले पत्रकारलाई प्रयोग गरेर चरित्र हत्याको प्रयासमा लागेका छन् ।

स्थानीय तहको निर्वाचनमा शिवजी औरही गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए । तर उनी नेकपाका उम्मेदवारबाट ६ मतले मात्र पराजीत भए । अहिले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादब हुन् । शिवजी भन्छन्, ‘विगतमा म ६ भोटले निर्वाचन हारेँ । हुन त हारेकै छैन । बेइमानी गरियो । अब त अगामी निर्वाचनमा प्रतिस्पर्धी पनि नहोस् भनेर अहिलेदेखि नै चरित्र हत्याको प्रयास गर्दैछ ।’

अहिले गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेका छन्– जनप्रतिनिधि र कर्मचारीहरुले । अख्तियारको टोली समेत गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै छापा मारेर कागजात लगेको छ । भ्रष्टाचार गरिरहेको भन्दै गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिको जहिल्यै शिवजी विरोध गर्दै आए । सोही कारण पनि उनीविरद्ध अनेक षड्यन्त्र भइरहेको औरहीका बुद्धिजिविहरु बताउँछन् ।

शिवजी भन्छन्, ‘वास्तावमा म भारतको पँचावमा सेलर मिल ठेक्कामा चलाउँछौं । त्यहाँ मेरो दुई भाई र सालो नेतृत्व गर्छन् । सेलरमा औरहीका कैयौं मजदुरलाई रोजगारी दिएका छौं । तर श्रम शोषण गर्छु भनेर कल्पना पनि गरेको छैन । तर अहिले राजनीतिक प्रतिशोधका कारण श्रम शोषणको आरोप लगाएर केहि दलितसँग मविरुद्ध उजुरी गर्न लगाइएको छ ।’

‘मविरुद्ध उजुरी परेको कुराहरुको छानविनमा प्रशासनलाई सघाउँछु’, उनले भने, ‘किनकी म गरेको छैन । कहिल्यै गर्दिनँ पनि । मलाई फसाउन ठूलो षड्यन्त्र भइरहेको छ । मेरो करियर समाप्त पारेर नेकपाले औरहीमा शाषण गर्न खोज्दैछन् । त्यो सम्भव छैन ।’ औरहीमा शाषकबाट जनता कति पीडित छन् भन्ने कुरा सबैलाई अवगत छन्, उनीहरु जहिल्यै राम्रो छवि भएका व्यक्तिलाई फसाएर राजा बन्न चाहन्छन्– उनले थपे ।

स्थानीय रमण यादब भन्छन्, ‘शिवजी यादब कैयौं दलित, गरिब, विपन्नको छोरीको विहेदेखि मरणहरणसम्ममा आर्थिक सहयोग गर्नुभएको छ । तर अहिले नेकपाका नेताहरु उहाँलाई फसाउन कम्मर कसेर लागेका छन् । लहानमा बसेर केहि पत्रकारले उहाँविरुद्ध समाचार लेख्नुभयो । समाचार लेखेका मणि विश्वकर्मा पनि नेकपासँगै आवद्ध छन् । र उनी नेकपाका नेताको गोटी बनेर शिवजी नेता जीलाई फसाउन लागेको थाहा पाएछु ।’

पैसा मागेपछि गलत आरोप लगाइयो

गत साउन २७ मा शिवजी यादब इटाटार पुगेका थिए– महेश सदायको घर । किनकी महेशले शिवजी यादबसँग एकवर्ष अगाडी नै कामदारको रुपमा सेलरमा खट्छु भनेर ३४ हजार रुपैया एडभान्स लिएका थिए । तर एडभान्स लिएपछि उनी कहिल्यै सम्पर्कमा आएनन् ।

शिवजी यादबलाई सर्लाहीका मिटरव्याजी श्याम परदेसीसँग तुलना केहि सञ्चार माध्यमले गरे । तर उनी श्याम परदेशी जस्तो मिटर व्याजी नभएको स्थानीय बताउँछन् । शिवजी एक पटक ऋण लगानी गरेर पटक पटक कागज कसैसँग गराएका छैन । न कसैसँग तेब्बर रकमको कागज गराएका छन्, न कसैलाई आजसम्म यातना दिएका छन् ।

महेशले लिएको एडभान्स रकम फिर्ता गर्न शिवजी उनको घरमै सबैको अगाडी भने । तर उनी तिर्न सहमत भएन । केहि नबोलेपछि उनलाई आफ्नै मोटरसाइकलमा चढाएर प्रहरी चौकी औरहीमा लगे । त्यहाँ प्रहरी कोरोनाको बहाना देखाउँदै छलफल समेत गर्न मानेनन् । त्यसपछि महेशलाई उनले आफ्नो घर लगे ।

केहिबेरमै महेशका आमा, भाई र श्रीमती शिवजीको घर आइपुग्यो । महेशका भाईले लिएको एडभान्स लिएको रकम बराबर काम गरिदिने प्रतिवद्धता जनाए । अनी सबैजना घर फर्के । यो कुरा इटाटारका कबुली पासवान र मनोज पासवानले थाहा पाएपछि शिवजीको विरुद्धको षड्यन्त्र थाले । कबुली र मनोज अहिले नेकपाका कार्यकर्ता हुन् ।

आफुमाथि अपहरणको आरोप लगाएर फसाउन खोजेको कुरा थाहा पाएपछि शिवजीले मनोज र कबुलीसँग सम्पर्क पनि गरेँ । ‘म अपहरण गरेको होइन् भनेर भएको सबै कुरा कबुली र मनोजलाई सुनाए’, शिवजी भन्छन्, ‘उनीहरु छलफल गर्न भन्यो । तर पछि छलफल समेत गर्न चाहेनन् । र आफुलाई फसाउन अनेक योजना बुन्न थाल्यो ।’

दुई दिनपछि पत्रिका मविरुद्ध श्रम शोषणको समाचार आएपछि आश्चर्य लागेको शिवजी बताउँछन् । उनले भने, ‘सुरुमा अपहरणको आयोग लगायो । पछि श्रम शोषणको । अनी अरु के के…। तर पत्रकारले समेत यर्थात नबुझेर समाचार बनायो । पछि पत्ता लगाउँदा समाचार लेख्ने पनि नेकपाकै समर्थक रहेको थाहा पाएँ ।’ आरोप लगाउने नेकपाकै कार्यकर्ता र समाचार लेख्ने पनि उनकै पार्टीको हुनुले पनि ममाथि अन्याय गरेको स्पष्ट हुन्छ– उनले भने ।

Comment


Related News

Latest News

Trending News