अपडेट 
२०७७ भाद्र १२, शुक्रबार १३:२४

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो । सिग्देलका अनुसार बिहान ७ बजेदेखि महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । मृतकमा दमको पुरानो समस्या रहेको डा. सिग्देलले बताए ।

Comment


Related News

Latest News

Trending News