अपडेट 
२०७७ भाद्र १२, शुक्रबार १३:५३

भारतमा शुक्रबार कोरोना भाइरसका ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

भारतमा दिनप्रतिदिन सङ्क्रमण बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३० लाख ३९ हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । तर वर्ल्डाेमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ । यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निकाे भएर घर फर्किएकाेमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  राेयटर्स टेलीका अनुसार भारतमा गएकाे ७ अगस्टदेखि हरदिन विश्वमै सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाे छ । अमेरिका र ब्राजिलपछि भारत काेराेना भाइरसबाट प्रभावित देशकाे तेस्राे स्थानमा छ ।

Comment


Related News

Latest News

Trending News