अपडेट 
२०७७ भाद्र १२, शुक्रबार १४:४९

प्रहरी हिरासतमा लिइएका रौतहट गरुडा–८ का विजयराम चमारको मृत्यु प्रकरणबारे छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ।

आयोगका प्रदेश–२ का प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गरेका हुन्। निरञ्जन रामको हत्यामा संलग्न भएको आशंकामा चमारलाई प्रहरी हिरासतमा लिइएको थियो। तर, उनको वीरगञ्ज न्याशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ।

ती युवकको प्रहरी यातनाबाट मृत्यु भएको भनी आयोगमा उजुरी दिइएको छ। उजुरी पछि आयोगले ती युवकको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट, त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिएको जनाएको छ।

Comment


Related News

Latest News

Trending News