२०७७ भाद्र १२, शुक्रबार १६:३४

नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३३४ महिला र ५९३ गरि ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमितहरुमा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ थप भएका छन् । यो संगनै नेपालमा संक्रमितको संख्या ३६४५६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये मोरङकी ५६ वर्षीया र ६५ वर्षीया दुई महिला, भक्तत्तरी ६४ वर्षीया एक महिला, मकवानपुरकी ७१ वर्षीया एक महिला रहेकी छन् । यस्तै उदयपुरका ५२ वर्षका एक पुरुष, पर्साका ७२ वर्षका एक पुरुष, धनुषाका ४५ वर्षका एक पुरुष, सिरहाका ५५ वर्षका एकजना पुरुष, झापाका ८३ वर्षका एक पुरुष, चितवनका ५१ वर्षका एक पुरुष, कास्कीका ५२ वर्षका एक पुरुष र रुपन्देहीका ६० वर्षको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनको संख्या १९५ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १६,०१९ जना रहेका छन् भने गत २४ घण्टामा १६९ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २०,२४२ पुगेको उहाले बताउनुभयो ।

Comment

Related News