अपडेट 
२०७७ भाद्र १३, शनिबार १२:२४

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ जना, महोत्तरीका ३ जना, धनुषाका ४ जना र काठमाडौंको १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार संक्रमितको सिटी भ्यालु १५ देखि ३२ सम्म छ ।

पर्साको ३३ जनामध्ये १० जना पोखरिया नगरपालिका, ३ जना कालिकामाई, वीरगञ्जलगायत ठाउँका छन् । यसअघि पर्सामा ४ सय ५८ जना महिलासहित २ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ५ सय ८६ जना कोरोनामुक्त भई घर फर्किएका छन् । ३९ महिलासहित १३१ जना आइसोलेसनमा, १ सय ७ जना महिलासहित ८ सय १९ जना बसेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News