अपडेट 
२०७७ भाद्र १३, शनिबार १२:३०

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८४ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

सिरहाको भदैयाका पुरुषको उपचारका क्रममा गएराति ज्यान गएको हो । ती पुरुषमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । 

ती वृद्धको मृगौलासम्बन्धी समस्या रहेको पनि अस्पतालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News