अपडेट 
२०७७ भाद्र १३, शनिबार १४:१७

बर्दिबासमा शनिबार विहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यू हुनेमा बर्दिबास नगरपालिका १ का ४० वर्षीय टेक नारायण श्रेष्ठ छन् ।

बर्दिबास नगरपालिका १ स्थित बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आरजे ०२ जिबी ३३४७ नम्बर भएको भारतीय लहरीले ठकर श्रेठको मृत्यू भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ अटो चालक हुन् ।

ठक्करबाट गम्भिर घाइते श्रेष्ठलाई उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जानकारी दिए । भारतीय लहरीसहित चालक अरबिन कुमार बलाइतलाई नियन्त्रणमा लिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News