अपडेट 
२०७७ भाद्र १४, आईतवार ०६:०६

नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग सिपिएल मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा जमैकाले ३७ रनको उत्कृष्ट जित निकालेको हो ।

पहिले ब्याटिङमा उत्रिएको जमैकाले प्याट्रियट्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । तर, उसले १९.४ ओभरमा १ सय १० रनमा चित्त बुझाउनु पर्यो । १२ औं ओभरमा पहिलो पटक यो खेलमा बलिङका लागि पुगेका सन्दीपले पहिलो ओभरमा औसत प्रदर्शन गरे । त्यसपछि फेरि १४ औं ओभरमा बलिङ गरेका सन्दीपले १० रन खर्चिए । त्यसपछि १६ औं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो विकेट लिए ।

कप्तान रोभमान पवेलबाट उनले प्याट्रियट्सका लुईसलाई क्याच गराए । सन्दीपको अन्तिम तथा १८ औं ओभरको खेलमा सन्दीपले ८ बल दिँदै अर्को एक विकेट लिए ।

Comment


Related News

Latest News

Trending News