अपडेट 
२०७७ भाद्र १४, आईतवार १६:०८

सर्लाहीको बरहथवा नगरपालिकाका एक पुरुषको भारतमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बरहथवा नगरपालिका-१५ का ६३ बर्षीय पुरुषको भारतको मेघालयमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको वडाध्यक्ष रामबहादुर चौधरीले जानाकरी दिए ।

छोरासँगै केही दिनअघि ब्लड क्यान्सरको उपचार गराउन भारतको पटना गएका ती पुरुषको उपचार त्यहाँ हुन नसकेपछि मेघालय लगिएको थियो । ‘मेघालयमा रहेका छोरी ज्वाइँको आग्रहमा पटनाबाट मेघालय गएको पाइयो’ वडाअध्यक्ष चौधरीले भने । मेघालयकै एक स्थानीय अस्पतालमा भर्ना गरी उपचार शुरु गर्ने क्रममा बुवा छोरा दुबैले पाँच दिनअघि स्वाब दिएको कोरोना संक्रमण परीक्षण गराएका थिए । दुबै जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको वडाअध्यक्ष चौधरीले बताए ।

रिपोर्ट पोजेटिभ देखिएपछि ती पुरुषको शनिबार दिउँसो त्यहीँ मृत्यु भयो । पोजेटिभ देखिएका उनका छोरा सोही ठाउँको आइसोलेसनमा भर्ना भएको उनले बताए । मृतकको शव मेघालयमै व्यवस्थापन गर्ने जानकारी पाएको वडा अध्यक्ष चौधरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News