अपडेट 
२०७७ भाद्र १४, आईतवार १६:३८

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेकाे छ । गएको २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा १२ सय २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ । अब नेपालमा १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

Comment


Related News

Latest News

Trending News