अपडेट 
२०७७ भाद्र १५, सोमबार ०६:०३

सुनिन्छ यस सृष्टिको संरचनामा प्रकृतिले एकै पटक सबै जीव वनस्पति लगायतका प्राणीहरुको सिर्जना नगरी पहिला सरल किशिमका जन्तु तथा वनस्पतिहरुको सिर्जना गर्ने काम गरेको थियो ।

सृष्टि संरचना गर्ने क्रममा भौगोलिक विविधताका आधारमा फरक–फरक स्थानहरुमा फरक–फरक प्राणीहरुको अस्तित्व वोध गराएका थिए । यो सजिब जगतमा पहिला वनस्पति त्यस पछि मात्र जनावरहरु अस्तित्वमा आएका थिए । यस क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने वैज्ञानिकहरुमा धेरै हुन सक्छ तर प्रमुख भने थोरैलाई उल्लेख गरे पुग्छ । चार्ल्स डार्बिन, ग्रेगर मेण्डल तथा लेमार्कको नाम अग्रसुचीमा पर्दछ । चार्ल्स डार्बिनको जीव उत्पतिका सिद्धान्त धेरै रोचक पनि छ । वहाँले पानीजहाज जसको नाम थियो भोएगल त्यसमा सबै बन्दोवस्तीका सामग्रीहरु तथा सहयोगीहरु समेतलाई सहभागी गराएर भोएगलको यात्रामा निस्कनु भएको इतिहास छ । सामुद्रिक यात्रामा ठाउँ–ठाउँमा विराम, विश्राम गरी यात्राको मुख्य उद्देश्य जीव सृष्टि कसरी भयो त्यसको बारेमा अध्ययन अनुसन्धान गर्नु नै थियो । वहाँको मुख्य सिद्धान्तको नाम थियो जीव विकासको सिद्धान्त (थ्योरी आफ इभोलुशन) ।

उक्त सिद्धान्त अन्तर्गत बाँच्नका लागि सघर्ष गर्नु पर्दछ (स्ट्रगल फर एग्झीसटेन्स), सक्षम नै बाँच्ने (सरभाइबल आफ फिटेस्ट) समय परिवेशले जनावर तथा वनस्पतिहरुका आकार, वंशाणुगत गुणमा परिबर्तन भई रहने जस्ता नियमहरु प्रकाशमा ल्याएका थिए । पछिका पुस्ताहरुले त्यसैलाई टेकेर अन्य जीव विकासका सिद्धान्तहरु प्रतिपादन गरे । अहिले जीव विज्ञान अन्तर्गत वंशाणुगत विज्ञानको रुपमा एउटा छुट्टै विकसित विधाको रुपमा स्थापित भएको छ । वनस्पति तथा जनावरमा पनि सुरुमा सरल एवं सूक्ष्म जीव तथा जनावरहरुको यस सृष्टिमा आगमन भएको थियो । यस्ता अध्ययन विश्लेषण गर्ने काम संसारका प्रशिद्ध दार्शनिक तथा वैज्ञानिकहरुको समूहले गरेका थिए । यस सृष्टिमा मानव प्राणी अरु जीव जन्तुहरु भन्दा फरक प्रकृतिका छन् । अरु–अरु जीवहरुमा सभ्यताको विकास नभई उनीहरुको पुर्खा जसरी आए त्यसरी नै अहिले सम्म रही रहेको अवस्था छ । वंश वृद्धि त भयो तर उनीहरुको संस्कार, ज्ञानमा बृद्धि हुन सकेन । मानव प्राणी अरु प्राणी भन्दा फरक हुनुमा मानव शरीरमा सबै क्रियाकलापहरुको सञ्चालन, नियन्त्रण तथा सुधार गर्नका लागि मस्तिष्कको पूर्ण विकास भई सकेर एउटा विवेकशील प्राणीको रुपमा स्थापित भएको छ । मस्तिष्कको विकास भएर नै मानव प्राणी चिन्तन, विश्लेषण गरेर प्राप्त निष्कर्षलाई व्यवहारमा ल्याउन थालेका यथार्थ पनि छ । मानवका पुर्खा पहिला असभ्य जीवन व्यतित गर्दथे ।

उनीहरुको बसोबास भएका स्थान पनि सुरक्षित थिएन । जीवन सञ्चालनका सामाजिक विधिहरु सुनिश्चित भएको थिएन । खानपान पनि सुरक्षित र सुनिश्चित भई सकेको थिएन । खानपानका कुराहरुमा भुल र प्रयासका नियम लागु भएको थियो । के खाँदा स्वाद र शक्ति प्राप्तीको अनुभुती हुन्छ ? यस प्रकारका अध्ययन अन्वेषण गर्ने काम पनि मानव पुर्खाले गर्दै आएर त्यसलाई भावी सन्ततीहरुमा हस्तान्तरण गर्न पनि मस्तिष्कलाई नै प्रयोग भएको थियो । त्यस अवस्थामा मानव समूहले शरीरका क्रियाहरु अव्यवस्थित किशिमले सञ्चालन भएको प्रमाणहरु छन् । मस्तिष्कको प्रयोग गरेर चिन्तन विश्लेषण तथा स्मरण गरेर आइ परेका समस्याहरुलाई व्यक्तिगत वा सामूहिक तरिकाले समाधान गर्ने अभ्यास गर्दै, गलती गर्दै सुधार गर्दै सक्षम हुन थाले । जनावरलाई समस्या आइ पर्दा उनीहरुसँग भएका मस्तिष्कलाई सही तरिकाले जान्न पाएका थिएन र पटक–पटक अहाल बस्दा, पानी खान जाँदा, खानेकुराको जोहो गर्दाका जीवनचर्याहरुमा अत्यन्तै जोखिम भोग्नु परेको थियो । पानीमा भएका शत्रु जीवहरुको आक्रमणबाट जनावरहरु अनाहकमा आफ्ना सन्तान, जहानहरु गुमाउनु परेको थियो ।

यही प्रशङ्गमा तत्कालीन असभ्य मानव प्राणी आफ्ना मन–मस्तिष्कको क्षमता प्रयोग गरी समस्या समाधान गर्न सफल भई रहेका थिए । अहिले पनि ती मानवलाई प्रतिनिधित्व गर्ने वर्गका अवशेषहरु अफ्रिका लगायत अन्य अविकसित भू–भागहरुमा पनि छन् । असभ्य युगबाट अहिले सम्मको जैविक विकासको क्रममा अति आधुनिक युगको यात्रा सम्म मानव प्राणी आफ्ना दिमागी क्षमतालाई प्रयोग गरेर विवेकशील प्राणीको रुपमा समग्र मानवीय समुदायमा स्थापित गरी सकेका छन् । प्रकृतिप्रदत्त मानवको शारीरिक संरचना एकनाशका छैनन् । बसोबास गर्ने स्थान, वातावरण, रहनसहन, खानपान, आराम विराम आदि सबै पक्षहरुमा आधारित हुँदो रहेछ । मानव प्राणीको विकास तथा परिबर्तनलाई उनीहरुमा भएका ज्ञान, विवेक र क्षमताले नै निर्धारण गर्दछ । शिक्षित समुदायमा हुर्केका मानव र अशिक्षित समुदायमा हुर्केका मानवलाई तुलना गर्दा दुबैमा धेरै फरक देखिन्छ । शिक्षित वर्गहरु चिल्ला तथा सुकिला देखिन्छन भने अशिक्षितहरु अनुहार तथा शरीर मलिन देखिन्छन् । बोली, बचन र व्यवहार पनि अनुपयुक्त देखिन्छन् । मानव विकासका कथाहरु स्थान, भुगोल तथा त्याहाँका हावापानीमा भर पर्दछ ।

मानव प्राणीको विकास हुँदा सामाजिक नियम, मूल्य तथा मान्यताहरुले धेरै प्रभाव पारेको अवस्था छ । भविष्यमा कस्तो अवस्था हुने हो ? त्यसैमा मानव सन्ततीको विकास बारेमा विभिन्न दृष्टिकोणहरुको विकास हुनै पर्ने हो । के–कस्ता ज्ञान–सीपहरुको बढोत्तरी गर्न सकिन्छ ? ती ज्ञान सीपहरु कसरी प्रदान गर्ने त्यसको सुनिश्चितीकरण पनि नितान्त आवश्यक छ । हाम्रा छिमेकी राष्ट्रहरुले शिक्षाका नीतिहरु परिबर्तन गरी युग सापेक्ष बनाएका छन् । विभिन्न सहज, असहज अवस्थाहरु बन्दै गएर मानव प्राणीको अस्तित्व मै विभिन्न अडकल, अन्दाज, अनुमान गर्न थालिएका छन् । आशावादी समूहहरुले धैर्य गर्न भन्छन् अशिक्षितहरु आफू आत्तिन्छन् अरुलाई पनि अत्याउँछन् । समस्या समाधान तिर मानव समूह लाग्दछन् । समाधान गर्न सक्ने समस्या मात्र समस्या हुन अन्यलाई हामी समस्याका सूचीबाट विस्थापन गर्नु पर्दछ । अहिलेको मानव समाजलाई विश्लेषण गर्दा यसका सारभूत कुराहरूमा अधिकांश परिबर्तनयोग्य विन्दुमा आइ पुगेका छन् । सामाजिक क्रियाकलापहरुको आयोजन गर्नुको अर्थ धेरै मान्छेको भिडभाड गर्नु हो । विवाह, ब्रतबन्ध, श्राद्ध लगायतका सुख, दुःखलाई जाहेर गर्ने तथा दुःखलाई प्रकट गर्ने एकअर्कामा सहानुभुती प्रकट गर्ने कार्यमा पनि टोल छिमेकका व्यक्तिहरुको संख्यात्मक रुपले बढी संख्यामा उपस्थित हुनु पर्ने एउटा सामाजिक व्यवहार नै रहेको छ । सामाजिक कार्यहरुमा आफ्ना सगासम्बन्धी, इष्टमित्रहरुलाई निम्तो दिएर उनीहरुलाई भोजका लागि खातिरदारी गर्नु पर्ने सामाजिक अनिवार्यता रहेकोमा हाललाई धेरै होइन,थोरै मान्छेलाई बोलाएर ती कार्यहरु सुसम्पन्न गरिने खालका सामाजिक व्यवहारहरु (व्यवहारिक संहिता÷नियम) बनाउने कार्यमा समाज अग्रसर हुनु पर्ने हो ।

विभिन्न तहका शिक्षालयहरु अहिलेसम्म खुला गरिएको छैन । कारण एउटा मात्रै छन् कोभिड–१९ भाइरसको महामारीय सक्रमण हुने डरले एकै स्थानमा धेरै जना धेरै समयसम्म रहनु पर्ने भएकोले भाइरस सङ्क्रमणको बढेर जाने खतरा रही रहेका छन् । नेपाल सरकारले कोभिडसँग प्रतिकार गर्ने कार्य गर्दा–गर्दै पहिलो पटक श्रृख्लीय लकडाउन हुँदा–हुँदै संक्रमणको दरमा त कमी आयो तर सँधैका लागि सुरक्षित रहने खालका अवस्था बन्न सकेन । अहिले पुनः अर्को चरणका लकडाउन सुरु भएको छ । सङ्क्रमितको संख्या शुन्यमा झार्न सकिने अवस्थाको सृजना हुन सकेको छैन । लकडाउनले मात्र यसको समाधान हुन सक्ने अवस्थामा सुनिश्चितता हुनै सक्दैन, आखिर गर्ने के ? हामीसँग साधन श्रोतको अभाव रहेको छ । स्वास्थ्य क्षेत्रका अध्येता विज्ञहरुको भनाई झन् डरलाग्दो छन्, वहाँहरुको विश्लेषणमा आगामी २ (दुई) वर्षसम्म कोरोनाबाट उन्मुक्ती हुने अवस्था बन्ने छाँटकाट देखिदैन । कोरोना झेल्दै दैनिक जीवनका कामकाजहरु गर्दै जाने मान्यताको विकास गर्नु पर्ने बाध्यता रहेको छ । धेरै अवस्थाहरुमा सम्झौता गरी कोरोनालाई प्रतिकार गर्दै दैनिक जीवनका दिनचर्याहरु सञ्चालन गर्न हामी सफल हुन सक्छौं । समाजशास्त्रीय सिद्धान्तहरुमा व्यापक फेरबदल गर्नु पर्ने अवस्था आए पनि हालसम्म राज्यले यसको सम्बन्धमा औपचारिक तबरले कुनै खुलाशा गरेको छैन ।

राज्यलाई सफल बनाउनका लागि समाजका प्रत्येक पक्षहरुको उपस्थिति÷संलग्नतामा के के गर्न हुने ? के के गर्न नहुने ? प्रश्नका उत्तरहरु खोज्ने कार्यमा हामी पनि संलग्न होऔं । सामाजिक क्रियाकलापहरु स्थायी राखी रहने अवस्था नहुन सक्ला तर भन्न सकिन्न । केही प्रमुख कुराहरुलाई यसरी उल्लेख गर्न सकिन्छ । अब पितृ तर्पण सोरह श्राद्ध यसै शुक्ल पक्षको पुर्णिमा तिथि देखि सुरु हुने भएको छ । यस पितृकर्मलाई प्रायः कर्मकाण्डी पण्डितको उपस्थितिमा मन्त्रोच्चारण गरी गराई तर्पणका विधि अनुसार हामी हिन्दुधर्मावलम्बीहरु पितृलाई पानी दिने र खास गरी आमा बुवा नभएकाहरुले मृत्यूलाभ गरेका तिथिलाई पारी पिण्डदान दिई श्राद्ध गर्ने परम्परा रहेको छ । न त यसलाई सार्न सकिन्छ, न त छाड्नै पाइन्छ । एक जना कर्मकाण्डीको भनाई अनुसार हाम्रा मृत्यू वरण गरी सकेका पुर्खाका आत्माहरु प्रत्येक वर्ष सन्ततीले गरेका श्राद्धमा पिण्डदान गरेको आधारमा उर्जा प्राप्ती हुन्छ भनी आशा गरेका हुन्छन् यसलाई किम्वदन्ती नै मान्नु पर्दछ । कुनै कारणले पिण्डदान हुन नसकेमा पितृ रिशाउँछन् । सन्तानहरुमा कुनै न कुनै क्षति हुने खालका विश्वास छ भन्नु भयो । सँस्कृति धेरै मूल्यवान कुरा हो। यसलाई अहिले नै फाल्नु भन्दा अल्पकालीन रुपमा अस्थायी व्यवहार संहिता बनाएर समस्या समाधान गर्ने र पछिका दिनमा यसलाई व्यवस्थापन गर्दै जाने हो ।

अहिले सूचना सञ्चार प्रबिधिको विकास तीब्र गतिले हुँदै गएको अवस्थामा धर्म संस्कारमा आधारित कार्यहरु गर्न भर्चुअल रुपमा इन्टरनेटको माध्यमले भिडियो कन्फ्रेन्सिङ गरेर आ–आफ्ना घरहरुमा बसी पुजा अर्चनाका क्रियाहरु सञ्चालन गर्दा पनि हुने हो । यस प्रकार महामारीको बेलामा धेरै मान्छे एकै स्थानमा भेला भएर कुनै कार्य गरेको छ भने त्यसमा धेरै क्षति हुने सम्भावना देखिन्छ । कोरोना सङ्क्रमणका प्रभावहरु पनि धेरै तहहरुमा वर्गीकृत भएर हामी बीच सङ्क्रमण भई रहेको अवस्था छ । पोखरामा एक जना ३२ वर्षीय संक्रमितको मृत्यू जटिल तथा कडा लक्षण भएको कोरोना भाइरसबाट भएको तथ्य हाम्रा सामु छन् । यस महामारीलाई विश्वस्तरमा नेतृत्व गर्दै गरेको संस्था डब्ल्यू. एच. ओ.को प्रतिनिधि विज्ञ समेतले अध्ययन अवलोकन गरी त्यसलाई विषयवस्तु बनाएको सन्दर्भ छ । कोरोना सङ्क्रमण व्यवस्थापन गर्ने कार्यलाई धेरै अवस्थासम्म हामी सफल नै भएका छौं । अबका दिनमा विभिन्न विकसित देशहरुले कोरोना उन्मूलन गर्ने उद्देश्यले खोप निर्माण देखि भाइरस एलीमिनेशन गर्ने कार्यमा लागेका छन् । कुनैले अन्तिम चरणको परीक्षणमा लागेका छन् । परीक्षण सकारात्मक नतिजा दिएमा त्यसलाई मास स्केलमा सर्बसाधारणलाई उपलब्ध गराउने कार्यलाई निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरी रहेका छन् । हाम्रो अवस्था कस्तो छ ? सङ्क्रमित भएकाहरुलाई कसले उपलब्ध गराउने ? उपचारमा यसको प्रयोग भएमा कति मूल्य तिर्नु पर्ला ? यी प्रश्नहरुको उत्तर राज्यले समय मै दिनु पर्ने हो । भर्खरै एक सप्ताह अगाडि अमेरिका, भारत लगायत अन्य देशहरुमा एउटा एणेटीभाइरल औषधि प्रयोगमा ल्याउन नेपाल सरकारले अनुमति दिएका तीन संस्थाहरु मध्ये एउटाले मात्र पैठारी गर्न सफल भएका छन् ।

वीरगंज नाका देखि काठमाण्डौसम्मका औषधीय कारोबारमा कालाबजारी गर्ने धेरै समूहरु लिप्त भएका समाचारहरु सञ्चार वृतहरुमा प्रशस्त छन् । यही अवस्थामा बङ्गलादेश सरकारले ५ हजार रेमडेसिभिर सुइको भाइल निःशुल्क उपलब्ध गराउने सन्देश त्याहाँका नेपाली राजदुत श्री बंशीधर मिश्रले पठाउनु भएको छ । यस प्रति हामी कृतज्ञता ज्ञापन गर्नु पर्ने हो । कोरोना सङ्क्रमण विस्तार हुने क्रममा राहत वितरण देखि आइसोलेशन वार्डको निर्माण, सुरक्षात्मक सामग्रीहरुको खरिद तथा प्रबन्ध, स्वच्छता सामग्रीहरुको व्यवस्थापन जस्ता कार्यहरुमा अनेक अनियमितताका घट्नाहरु सुनिदैछ । यसमा राज्यका प्रशासनिक तथा सुरक्षाका निकायहरुले अझै सशक्त भएर भूमिका खेल्नु पर्ने देखिएको छ । अन्य देशहरुको अवस्थाबाट हामीले सुनेबुझेका तथ्यहरुबाट राज्यले यस महामारीबाट बचाउन हामीसँग भएका श्रोतहरुको समुचित परिचालन गरी कल्याणकारी योजनाको आधारमा कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यक छ । सर्बसाधारण जनतालाई यस सन्दर्भमा सरकारहरुको निकायहरुबाट पूर्ण आश्वस्त पार्नु पर्ने खाँचो पनि छ । प्रत्येक विषयगत क्षेत्रमा रहेका जनशक्तिहरुमा भएका विज्ञतालाई कहाँ, कसरी प्रयोगमा ल्याउन सकिन्छ ? यसको पनि प्रभावकारी परिचालान गर्ने किशिमका तयारीमा राज्यले समन्वयकारी भूमिका खेल्नु पर्ने आवश्यक छ । सुझाब सल्लाहका लागि गmभकजपद्दण्ठद्द२ नmबष्।िअयm मा इ–मेल गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News