अपडेट 
२०७७ भाद्र १५, सोमबार ०६:२३

देशभर सोमबार सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश नम्ब १, प्रदेश नम्बर २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा सोमबार राति मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News