अपडेट 
२०७७ भाद्र १५, सोमबार ११:१७

२४ घण्टामा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतले नयाँ कीर्तिमान बनाएको छ ।

कोरोनाभाइरसबाट विश्वकै तेस्रो सबैभन्दा धेरै प्रभावित मुलुक भारतमा आइतबार ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकाले १७ जुलाइमा बनाएको कीतिमानलाई भारतले उछिनेको हो । अमेरिकामा सो दिन सर्वाधिक ७७ हजार २९९ संक्रमित फेला परेका थिए । अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धहरुलाई खुकुलो बनाएसँगै भारतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । ग्रामिण क्षेत्रमा संक्रमण फैलिदा यो चिन्ताको विषय बनेको छ । डा. मनोज कुमारले ग्रामिण क्षेत्रमा संक्रमण फैलिन सुरु गरेको कारण संक्रमितको संख्या बढेको बताए ।

संक्रमण फैलिदै जाँदा सरकारले भने प्रतिबन्धहरुलाई झनै खुकुलो बनाउँदै लगेको छ । अर्को महिनादेखि मास्क र सामाजिक दुरी कायम गरी १०० जनासम्म भेला भएर कार्यक्रमहरु गर्न पाउनेछन् । ठूला सहरमा रेल सेवाहरु पनि सञ्चालनमा आउँदैछन् ।

भारतमा आइतबारसम्म ६३ हजार बढीले ज्यान गुमाएका छन् भने ३५ लाखभन्दा बढी संक्रमित रहेका छन् । विश्वमा संक्रमितको संख्या २.५ करोड नाघेको छ भने ८ लाख ४३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा सर्वाधिक ६० लाख बढी संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News