अपडेट 
२०७७ भाद्र १६, मंगलवार ०५:५४

जनकपुरधाम । भारतबाट गायत्री परिवारको नाममा अयात गरिएको टायल्स मार्वल अमरनाथ गुप्ताले आफ्नो गायत्री कुञ्ज नामको होटेलमा लगाएकोछ ।भन्सार छुटमा आएको सो टायल्स मार्वल गुप्ताले निजी प्रयोजनमा लगाएकोछ ।

जनकपुरधाम उपमहानगरपालिकाको मापदण्ड विपरित जानकी मन्दिरलाई नै छोप्नेगरि निर्माण गरिएको सो होटेलले मन्दिरको जग्गा अतिक्रमण गरेकोछ । गुठी र मठमन्दिरको जग्गा संरक्षण गर्ने भ्रमात्मक कुरा गर्ने गुप्ताले जनकपुरधाम उपमहानगरपालिकाको मापदण्डलाइ खिल्ली उडाएकोछ ।उपमहानगरपालिकाले जानकी मन्दिर वरिपरि ३१ फिट भन्दा बढि उचाइको भवन निर्माण गर्न पाउँदैन् ।त्यो भन्दा बढि निर्माण गरिएको भए भत्काउनु पर्ने निर्णय उपमहानगरपालिकाको रहेको छ । तर गुप्ताले मन्दिरकै जग्गा अतिक्रमणगरि ५१ फिट भन्दा अग्लो भवन बनाएका छन् ।जानकी मन्दिरको दक्षिण तर्फको भाग त्यो घरले पूर्ण रुपमा छेकिएकोछ ।

घरमा प्रयोग भएको टायल्स र मार्वल समेत भन्सार नतिरि गायत्री परिवारको नाममा भित्र्याइएकोछ । गायत्री कुञ्ज नाम राखिएपनि त्यहाँ निजी व्यवसाय र जातिय बैठक मात्र हुने गरेकोछ ।लकडाउन भएदेखि त्यो भवनबाट सुनचाँदी धितो राखी ३६ प्रतिशत ब्याजमा लगानीको धन्धा हुने गरेकोछ । गुप्ताको घरको कारण जानकी मन्दिरलाई विश्वसम्पदा सुचीमा राख्न कठिनाइ भएको अभियन्ताहरुले आरोप लगाउदै आएका छन् ।उनीहरुले गुप्ताको घर भत्काउन जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरसित मागगर्दै आएपनि हाल सम्म कार्यान्वयन भएको छैन् ।

जातिय सदभाव बिगार्ने र हुण्डी, मिटरब्याजको धन्धा गर्ने गुप्ताले आफ्नो घर भत्काएर आदर्श प्रस्तुत गर्नुपर्ने माग सोहन साहले गरेका छन् ।गायत्री परिवारको मुल नारा नै आफूलाई सुधार गरे समाज सुध्रिन्छ भने हो ।तर त्यसको नाउँमा व्यक्तिगत लाखौको लाभ लिने गुप्ताले जानकी मन्दिरलाई नै छोपेका छन् । जानकी फाइनान्स कम्पनीको अध्यक्ष रहेका गुप्ताले त्यहाँपनि अबैधधन्धाहरु गरिरहेको आरोपछ ।कम्पनीले गर्ने ऋण प्रवाहमा अवैध लेनदेन हुन थालेकोछ ।

Comment


Related News

Latest News

Trending News