अपडेट 
२०७७ भाद्र १६, मंगलवार ०६:०६

मंगलवार देशका अधिकांश भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

मंगलवार बिहान देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदूरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News