अपडेट 
२०७७ भाद्र १६, मंगलवार ०७:०४

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म ६८ हजार ७७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News