अपडेट 
२०७७ भाद्र १७, बुधबार ०६:०५

जनकपुरधाम । सीमावर्ती भारतको जयनगरबाट जनकपुरधाममा आएका अमरनाथ गुप्ता छोटो समयमै अस्वभाविक सम्पती थुपारेकोछ ।

जानकी फाइनान्स कम्पनीका अध्यक्ष रहेका गुप्ताले वार्षिक कारोबार कतिको गर्छन् ? र कतिको कर बुझाउने गरेकोछ फाइनान्सका ऋणीहरुसित लिने कमिसनको हिसाब गुप्तासित लामो छ ।गुप्ताको घरमा सय बढी मानिसको तमसुक र सयौं मानिसको सुनचाँदी बिना कागजात धितो राखिएकोछ । अवैध धन्धा गर्ने गुप्तालाई कार्वाहीगर्न चौतर्फी माग हुन थालेकोछ ।हुण्डीको कारोबार गर्ने गुप्ताले नक्कली नोटको कारोबारमा संलग्नता रहेको बताइन्छ ।सम्पती सुद्धिकरण, आन्तरिक राजस्व कार्यालय, अख्तियार दुरुपयोग आयोगको मौनताले गुप्ताको अबैध धन्धाहरु झन फस्टाएकोछ । गुप्ताको पसलमा हाल कसैले सुन बेँच्न जाँदा उनले १० हजार सम्म कम्ती मुल्यमा लिने गरेका छन् ।त्यसमापनि रसायन काट्ने लगायतका काम गर्छन् ।

ग्रामिण भेगबाट आउने महिलाहरुलाई झुक्याएर बेच्ने सुनको गहना उनको पसल बाहेकको पसलमा पुरा सुन नरहेको बताइन्छ । सीमावर्ती जयनगरमा समेत उनको घर र कारोबार रहेकाले नेपालबाट अबैध सम्पती सजिलै त्यहाँ पुर्याउने गरेकोछ ।भारतबाट ल्याइने हुण्डीको नेपाली रुपैया कयौं पटक बरामद भएपनि भरियालाई नै देखाएर गुप्तालाइ जोगाउने काम हुने गरेकोछ । सीमावर्ती जयनगरबाट गुप्ताको घरमा मानिसहरुको आउजाउ निरन्तर हुने भएपनि उनीहरुको गतिबिधि संदिग्ध रहेको जानकारहरु बताउँछन् ।अवैध ढंगले आर्जन गरेको सम्पती भारतमा पठाउने गरेपनि हाल उसको पसलमा सय जति मानिसको सुनको गरगहना बन्धकी राखिएकोछ ।गहना बन्धकी राख्नेहरुसित भने कुनै प्रमाण छैन् ।३६ प्रतिशत ब्याजमा गुप्ताले सुन बन्धकी राखेर ऋण दिने गरेकोछ । दर्जनजति अबैध धन्धा गर्ने गुप्ता भने हाल सम्म कानुनको दायरा भन्दा पर नै रहेकोछ ।राजस्व कार्यालयले गुप्ताको पसलमा छापा नमार्नुलाई रहस्यमय ढंगले हेर्ने गरिन्छ ।हुनत गुप्ताले केहि दलालहरुलाई समेत पालेको बताइन्छ ।

तर उनको वार्षिक कारोबार, पसलमा रहेका स्रोत नखुलाइएको सुनचाँदीका गरगहना, सिक्का र भारतीय मुद्राको छानविन किन भइरहेको छैन्

Comment


Related News

Latest News

Trending News