अपडेट 
२०७७ भाद्र १७, बुधबार ०६:२४

वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गर्ने भएको छ । ठूलो संख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो । उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News