अपडेट 
२०७७ भाद्र १७, बुधबार ०६:२८

हाल मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको छ । बाग्मती प्रदेशको धेरै स्थान, प्रदेश नं १, २, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै बुधवार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News