अपडेट 
२०७७ भाद्र १७, बुधबार ०७:२७

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना नयाँ सङ्क्रमित भेटिंदा अमेरिकामा ४० हजार ८ सय ३६ जनालाई सङ्क्रमण भएको वल्डाेओमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरै सङ्क्रमित छन् भने एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ८ लाख ६० हजार भन्दा धेरेको ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News