अपडेट 
२०७७ भाद्र १७, बुधबार १५:०८

चीनसँगको झडपमा भारतीय सैनिक मेजरको मृत्यु भएको छ । भारत–चीन सीमाक्षेत्रमा शनिबार राति भएको झडपमा परी भारतीय सैनिक मेजरको मृत्यु भएको द गार्जियाले उल्लेख गरेको छ ।

भारत-चीन सीमामा करिब ४८ घण्टाभित्र दुई देशबीच २ पटक झडप भएको उल्लेख छ । द गार्जियनका अनुसार शनिबार राति भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको छ । त्यसयता तनाव बढ्दो क्रममा रहेको र शनिबार, सोमबार दुई झडप भएको थियो । सो झडप हुनुमा भारत र चीन दुवैले एक-अर्कालाई दोष दिँदै आएको छ । यद्यपी दुई देशले झडपमा भएको हताहतबारे कुनै जानकारी भने दिएको छैन ।

निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीका अनुसार तिब्बती मूलका भारतीय सैनिकको झडपमा मृत्यु भएको हो । पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकबीच भएको तनावसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक परिचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News