अपडेट 
२०७७ भाद्र १८, बिहीबार ०८:१३

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमति सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा बृक्षरोपण सुरु गरिएको छ ।


भदौ १४ गते देखि बागमति सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १२ हेक्टर क्षेत्रफलमा बृक्षरोपण थालेका छन् । नेपाल बिद्युत प्राधिकरणको कार्याक्रम अन्र्तगत एवं वातावरण तथा सामाजिक अध्ययन बिभागको योजना अनुसार ४ सय केभी हाईटेन्सन लाईनको काम गर्ने क्रममा सो सामुदायिक वनको ८ सय ७२ वटा रुख कटान गरिएको थियो । सामुदायिक वनको क्षेत्रफलमा १ हेक्टर बरावर १६ सय विरुवा बृक्षरोपण गनुपर्ने सर्त बमोजीम सो वन उपभोक्ता समुहले १२ हेक्टर क्षेत्रफलमा १९ हजार २ सय बिरुवा बृक्षरोपण गर्ने बागमति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश राउतले जानकारी दिए । उनका अनुसार,बागमति सामुदायिक वन क्षेत्रभित्र भएका झाडी फाडानी बिद्युत प्राधिकरणको सहयोगमा साल,टिक,जामुन,लोकलसाल,मलेसियन साल,महोगनी लगायत बिभिन्न प्रजातिको बिरुवाहरु बृक्षरोपण गरिने बताए ।


सो सामुदायिक वनले डिभिजन वन कार्यालय एवं बिद्युत प्रधिकारण संगको समन्वय तथा सहयोगमा बृक्षरोपण गरिएको बिरुवाहरुलाई बैज्ञानिक ढंगबाट संरक्षणगरि राज्यलाई सहयोग गर्ने सामुदायिक वनका अध्यक्ष राउतले जानकारी दिएका छन् । उनले,सो सामुदायीक वनको क्षेत्र भित्र हाल सम्म ७ हजार भन्दाबढी बिरुवा रोपण भई सकेको तथा बिहीबार देखि पुन बृक्षरोपणको कार्य अगाडि बढाईने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News