२०७७ भाद्र १८, बिहीबार ०८:४५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो।

ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। अनुयायीहरुलाई दान गर्न भनिएको छ। बीबीसीले अनुसार ट्विटरका प्रवक्तालाई उदृत गर्दै प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको जनाएको छ ।

‘हामी स्थितिलाई सक्रियताका साथ अनुसन्धान गर्दैछौं। यस समयमा हामीलाई थप खाताहरू प्रभावित हुने बारे यकिन छैन’ ट्विटरका प्रवक्ताले भने।

जुलाईमा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बिडेन र टेस्लाका संस्थापक एलोन मस्कमा यस्तै प्रकारका हमलापछि यो भर्खरको उच्च प्रोफाइल सुरक्षा उल्लंघन हो।

Comment

Related News

Latest News

Trending News