अपडेट 
२०७७ भाद्र १९, शुक्रबार ०६:०६

शुक्रवार देशभर सामान्यतया मौसम बदली रहने,केही स्थानमा वर्षाको सम्भावना रहेकाे छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित छ ।

केही दिन यता प्रदेश १, २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आसपासका क्षेत्रमा मेघ गर्जन, चट्याङ्सहित वर्षा गराउने बादल विकास भई मेघ गर्जन, चट्याङ् सहित वर्षा भइरहेको छ । यो क्रम अझ सक्रिय हुँदै पश्चिम सर्ने क्रममा रहेको छ । शुक्रवार देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै शुक्रवार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News