अपडेट 
२०७७ भाद्र १९, शुक्रबार ०६:३५

क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि खेल नतिजाविहीन सकिएको हो । खेल नतिजाविहीन भएपछि दुवै टिमले एक/एक अंक पाएका छन्। 

खेल रोकिनुअघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ।

Comment


Related News

Latest News

Trending News