अपडेट 
२०७७ भाद्र १९, शुक्रबार १६:१७

चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News