अपडेट 
२०७७ भाद्र २०, शनिबार ११:०७

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वताका ३० वर्षीय मृगौला रोग पीडित शिवनाथ महतोलाई उपचार गर्न आर्थिक सहयोग जुट्न थालेको छ ।

मधेशी समाज दक्षिण कोरिया संस्थाले पठाएको ५१ हजार रुपैयाँ शिवनाथ महतोको बुवा सोगारथ महतोलाई शुक्रबार  हस्तान्तरण गरिएको छ । मधेशी समाज दक्षिण कोरिया संस्थाका पुर्व अध्यक्ष विक्रम साहले स्थनीयको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

दुबै मृगौला फेल भएपछि राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइरहेका शिवनाथ महतोको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ । अवस्था निकै दयनीय रहदाँ पनि कहिकतैबाट सहयोग नभएको समाचार पत्र-पत्रिका तथा अनलाइनहरुमा आएपछि  दक्षिण कोरियामा रहेका मधेशी समाज दक्षिण कोरिया संस्थाले आर्थिक सहयोग गरेका छन् ।

सानो सानो सहयोगले उहाँको उपचार हुनसक्ने संस्थाको पुर्व अध्यक्ष विक्रम साहले बताए । मधेशी समाज दक्षिण कोरिया संस्थाले मधेशको विभिन्न जिल्लामा विपदमा  परेकाहरुलाई सहयोग गर्दै आएको उनले बताए । मधेशका विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि मधेशी समाज दक्षिण कोरिया संस्था स्थापना गरेको उनले बताए ।

कोरियामा रहेकाहरुले आफ्नो मेहिनेतको कमाईबाट थोरै रकम जम्मा गरि नेपालमा पिडामा परेकाहरुलाई सहयोग पठाउदै  आएको पुर्व कोषाध्यक्ष नरेश साहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जन सहयोगी युवा संजाल महोतारीका अध्यक्ष परमेश्वर महतोले अनावश्यक खर्च नगरेर दुई-चार रुपैया सहयोग गरियो भने उहाँलाई हामी एउटा नयाँ जीवन दान दिन सक्ने बताए । हामीले मुठीदान गरेर उहाँको उपचारको लागि आवस्यक रकम उठाउन सकिने अध्यक्ष महतोले बताए ।

नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भनेपनि अन्तमा १५ हजार रुपैयाँ सहयोग गरेपछि शिवनाथको उपचार र परिवार दैनिकी संचालनमा समस्या देखेपछि चन्दा समेत सङ्कलन गर्नु परेको स्थानीय समाजसेवी युवा सन्तोष महतोले बताए ।

पिडितका आमाले मेरो छोराको दुबै मृगौला खराब भएपछि तीनवर्षदेखि उपचार भइरहेको छ, नियमित डाइलोशिशको सहयोगमा बाँचेको छ, मेरो आर्थिक अवस्था निकै दयनीय रहेको हुनाले सहयोग गरिदिनुहुन अपिल गरेका छन् ।

महतो विगतको ३ वर्षदेखि राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइराखेका छन् ।

Comment


Related News

Latest News

Trending News