अपडेट 
२०७७ भाद्र २०, शनिबार ११:३७

पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै पर्सामा कोरोना संक्रमित ४० जनाको मृत्यु भएको छ ।

विगत १५ दिनदेखि नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराउँदै आएका उनको शुक्रबार राति ११ बजेर ३० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्ध गत भदौ ५ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । डा.चौरसियाका अनुसार विगतमा क्षयरोग भएको ती वृद्धमा पछिल्लो समय दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।

Comment


Related News

Latest News

Trending News