अपडेट 
२०७७ भाद्र २०, शनिबार १६:१८

भारतले विश्व चर्चित अनलाईन गेम पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउने भएको छ । पब्जीमाथि भारतले गतसाता प्रतिबन्ध लगाएको थियो । पब्जीमाथि प्रतिबन्ध लगाए लगत्तै भारतले पब्जीजस्तै गेम फौजी ल्याउने घोषणा गरेको हो ।

फौजी गेम बलिउड अभिनेता अक्षयकुमार र एक भारतीय कम्पनीले ल्याउन लागेको हो ।

अभिनेता अक्षयकुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानमा एक्यवद्दता प्रकट गर्दै आफ्नो कम्पनीले फौजी अनलाइन गेम ल्याउन पाउदा गर्व लागेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले फौजी गेमबाट हुने आम्दानीको २० प्रतिशत भारतकावीर अभियानलाई दिइने पनि उल्लेख गरेका छन् ।

बैंगलौरस्थित एन–कोर गेम्स नामको कम्पनीले फौजी गेमलाई तयार पारेको हो । आगामी अक्टोबर महिनाभित्रै यो गेम डाउनलोड गर्न सकिने गरि काम भैरहेको एन–कोर कम्पनीका सह–संस्थापक विशाल डोडलले बताएका छन् । पब्जी प्रतिबन्ध गरिएपछि यस गेमले पब्जीको माग पूर्ति गर्ने उनको दाबी छ ।

यस्तो छ फौजी गेम

फौजी गेमको पूरा नाम ‘फियरलेस एन्ड युनाइडेट गार्ड्स’ राखिएको छ । यस खेलको पहिलो लेभल लद्दाख नजिकैको गलवान उपत्यकामा आधारित रहेको बताइएको छ । गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच सोही क्षेत्रमा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News