अपडेट 
२०७७ भाद्र २०, शनिबार १६:४७

बाराको देवताल गाउँपालिकामा शुक्रबारदेखि हराइरहेका एक बालकको आज शव फेला परेको छ ।

देवताल गाउँपालिका वडा नम्बर ५ घर भइ जिल्ला प्रहरी कार्यालय वीगन्जमा कार्यरत हवल्दार भूषण यादवको ९ वर्षीय छोरा सुमित यादव शुक्रबार साँझदेखि हराइरहेका थिए । उनको आज बिहान गाउँबाट झन्डै २ किलोमिटर टाढा पोखरीको डिलमा मृतावस्थामा शव फेला परेको मृतकका बाबु यादवले बताए । बालकको हत्या भएको हुन सक्ने भन्दै पीडित परिवारले घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । 

मृतक बालकको जिल्ला अस्पताल कलैयामा पोष्टमार्टम भई पीडित परिवारको जिम्मा लगाइएको इन्स्पेक्टर रुद्र कंडेलले जानकारी दिए ।घटनाको प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका रहेको र घटना बारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर कंडेलले बताए। 

Comment


Related News

Latest News

Trending News