बिहान देशका प्रतिष्ठित मुटु चिकित्सक डा. भगवान कोइराला भन्दै हुनुहुन्थ्यो : कोरोना महामारीको मार बिश्वका सबै देशमा, सबैतिर उत्तिकै परेकोछ । हामी कहाँत्यसको असर बढी छ । कोरोना संगसंगै भोकमरी शुरु भएकोछ । काम नगरी खान नपाउने जनता ठूलो मारमा परेका छन । सबै देश आ–आफनै किसिमका आन्तरिक संकटमा छन । कोरोना भाइरसको उपचार पत्ता नलागेसम्म मानव सभ्यता अगाडि बढने सम्भावना छैन । बिदेशी सहयोगको त्यति साह्रोगुन्जायश पनि छैन । आफनै देशको समस्या नसुल्झिएसम्म अर्को देशको दुःखमा सहभागीहुन सजिलो हुँदैन । यही आशयका बिचार प्रकट गरी रहेका छन चिकित्सकहरु । यस्तो लाग्दछ, नेपालमा कोरोना महामारी भर्खर उकालो लाग्दैछ ।
छिमेकी भारतमा पनि प्रकोप कम भएको छैन महामारीको । उताको जनसंख्या सवा अरबभन्दा माथि छ । तै पनि, जाँच र उपचारमा कमी आएको देखिदैन । दिल्ली सरकारले कोरोना नियन्त्रणमा गरेको कामका लागि मुख्यमन्त्री केजरीवालको प्रशंशा भै रहेकोछ । हामीकहाँ त्यस्तो केही छैन । भोकमरीको मारमा परेका नेपाली जनता कामको खोजमा भारत जाँदैछन । गौरीफण्टा र गड्डाचौकीको बाटो भारततिर गै रहेका नेपालीहरुको लर्कोले नेपालको राष्ट्रवादको खिल्ली उडाइ रहेकोछ । ‘सुदूर पश्चिमको सामाजिक तथा आर्थिक बिषयका जानकार’ प्रा.डा. हेमराज पन्तले एउटा समाचारपत्रसंग भनेका छन ः बिश्वमा नै सबभन्दा बढी संक्रमण फैलिएको मुलुक भारतमा यतिखेर नेपाली जनता कामको खोजीमा जानु नेपालका राजनीतिकर्मीका लागि लज्जाको बिषय हो । यतिबेला भारत जानु भनेको कालको मुखमा जानुजस्तै हो । डा.पन्तले जे भनेपनि मानिससंग कसैले काल र भोकमा कुन ठूलो भनेर सोध्यो भने उसले भन्छ, ‘भोक ठूलो ।’ किनभने, मानिसलाई कालले नठूँगेसम्म भोकले लखेटी रहन्छ । देश संघीय संरचनामा गएकोछ । तर, महामारी नियन्त्रणमा प्रादेशिक र स्थानीय सरकारकोभूमिका खुम्च्याउँदै लगिएकोछ । अहिले केन्द्रका प्रतिनिधिका रुपमा रहेका जिल्ला अधिकारीलाई निषेधाज्ञा जारीगर्ने अधिकार दिएकोछ । पहिले स्थानीय सरकारले आफनो आबश्यकता अनुसार लकडाउन गर्दथे भने अहिले केन्द्रीय सरकारको हुकुम बेगर प्रदेश र स्थानीय सरकारले केहीगर्ने अवस्था छैन । समाचारपत्रहरुको पृष्ठ पल्टाउने हो भने प्रदेश एकमामहामारीको प्रभाव नै नभएजस्तो देखिएकोछ ।
प्रदेश सरकारले समाचार आफनो खटनमा लिएको स्पष्ट देखिन्छ । कोरोना सम्बन्धी समाचार अवरुध्द छन । मानौं कि समाचार अवरुध्द गरेपछि संक्रमण रोकिन्छ । राजधानी बिराटनगरबाट आएको सूचना अनुसार, प्रदेशको अवस्था जटिल छ । महामारीको अवस्थामा पनि ‘कमाउने’ जुनून चढेकोछ देशको राजनीतिक बिचौलिया वर्गमा । बिराटनगर शहर अहिले भयको घर बनेकोछ । प्रदेश एकको महत्वपूर्ण शहर मानिएको धरानको हालत उत्तिकै खराब छ । प्रदेशको मुख्य शिक्षण अस्पताल बीपी स्वास्थ्य शिक्षण प्रतिष्ठानमा उपचारका क्रममा मृत्युहुने कोरोना रोगी बाहेक, धरानका चारजना स्थानीयको कोरोनाले मृत्यु भएको बताइन्छ । प्रदेश एकको ताप्लेजुंग बाहेकका सबैजसो जिल्ला कोरोना संक्रमित छन । प्रदेश दुइलाई मुख्य संक्रमित क्षेत्रको रुपमा लिइएको पाइन्छ । तर, यहाँको अवस्था दूषित छ । प्रादेशिक सरकारले गर्नुपर्ने जति कामगर्न सकेको छैन । स्थानीय सरकारको अबस्था पनि उस्तैछ । सबभन्दा पछिल्लो समयमा वागमती प्रदेशको अवस्था बिग्रिएकोछ । बागमती नै एउटा यस्तो प्रदेश भएकोछ जहाँका मुख्यमन्त्रीको नाम प्रदेशवासीलाई नै थाह छैन । काठमाडौंमा कोरोना संक्रमण अत्यधिक बढी रहेको समयमा प्रधानमन्त्रीका यी बिश्वासपात्र मुख्यमन्त्रीको अत्तोपत्तो छैन । प्रदेश चार, पाँच, छ र सात – देश जुन अवस्थाबाट गुज्रिइ रहेकोछ त्यो अवस्था बर्णनातीत छ । यति धेरै बिकृति, बिकार र बिसंगति नेपाली समाजमा कहिल्यै थुप्रिएको थिएन होला ।
एउटा बिश्वब्यापि बिपत्तिले हामीलाई यति खुम्च्याइ दिएकोछ त्यसको चर्चा सम्भव छैन । पाठकहरुलाई अब एकछिन केन्द्रीय राजनीतिको सफरमा लैजान चाहन्छु म । बाहिरबाट हेर्दा यो अप्ठेरो समयप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका लागि निकै चुनौतिपूर्ण देखिएकोछ । उनका लागि ठूलो धक्काको रुपमा आएको छ – मन्त्रिपरिषदबाट अर्थमन्त्री युवराज खतिवडाको बिदाई । प्रम ओली आफना कर्तब्यनिष्ठ सहयोगी खतिवडालाई गुमाउन चाहँदैन थिए । बिशेषगरेर, उनी आफै प्रत्यक्ष रुपमा संलग्न भएका, उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री संलग्न भएका आर्थिक भ्रष्टाचार र अपचलनका जे जति घटना छन तिनबाट मुक्ति पाउन खतिवडाको आबश्यकता थियो । प्रम ओली खतिवडाको काँधमा चढेर आर्थिक अपराधको बैतरणीतर्न चाहन्थे । तर, नेकपाभित्र हावी भएको एमाले राजनीतिका कारण उनी खतिवडालाई बिदागर्न बाध्य भए । तर, खतिवडा बिदा भएपनि ओली सचिवालयमा उनको स्थान महत्वपूर्ण रहने उनैले बताएका छन प्रचण्डलाई । खतिवडा बिरुध्द माओवादी लागेका भए प्रम ओलीले त्यसलाई टेर्ने थिएनन । अढाइ बर्षको कार्यकालपछि प्रम ओलीले टेकेको राजनीतिक भूमि अलिकति धस्सिन थालेको आभाश भएकोछ उनलाई । यसका साथै, उनको दिमागमा देशको बिकासका लागि आफनो अपरिहार्यताको चित्र स्पष्ट हुन थालेकोछ । धेरैले प्रम ओलीलाई नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा गराएको मध्यावधि चुनावको उदाहरणदिदै भनेका छन – नेपालको सन्दर्भमा यस्तो मध्यावधि चुनावको योजना आत्मघाती हुन सक्नेछ ।
प्रम ओली र उनका निकटवर्ती सल्लाहकारहरु यस कुरामा सहमत छैनन । कांग्रेसका गिरिजाको तुलनामा प्रम ओली बलिया छन । पार्टीमा उनको पकड बलियोछ । उनैको नाममा पार्टीले चुनाव जितेको हुनाले उनीप्रति सबै कृतज्ञ हुनुपर्ने अवस्था छ । प्रतिनिधि सभाको प्रत्यक्ष चुनावमा एमाले एक्लैले ८०, माओवादीले २६ र कांग्रेसले २३ स्थान जितेका थिए । यसैको आधारमा आफनो ‘लोकप्रिय’ छवि लिएर प्रम ओली चुनावमा जान चाहन्छन । माओवादी र कांग्रेस ओरालो लागेका बेला जित्नुपर्ने उनको आंकलन राजनीतिक रुपले कति सही हो भन्न सकिन्न । कोरोना प्रकोप मत्थर नभएसम्म प्रम ओलीको मध्यावधि र कांग्रेसको महाधिवेशन दुबैको ‘हुनु’ सम्भव देखिदैन । अन्तरीक्ष जगतबाट महामारीका बारे के सन्देश आएको छ ? त्यो त थाह छैन । तै पनि…