अपडेट 
२०७७ भाद्र २१, आईतवार ०८:३१

चितवनमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्। संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्मका छन्। १० वर्षका एक बालक र एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन्। यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

Comment


Related News