अपडेट 
२०७७ भाद्र २१, आईतवार ११:३२

भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन् ।

एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ । यस्तै एकैदिन १ हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० हजार ६ सय नाघेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् । यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको ज्यान गएको छ ।  योसँगै अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ । 

जसमध्ये १ लाख ९२ हजारको ज्यान गएको छ भने ३७ लाख ७ हजारभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् । ब्राजिलमा गएको २४ घण्टामा ३१ हजार नयाँ सङ्क्रमित थपिँदा ६ सय १९ जनाको ज्यान गएको छ । योसहित ब्राजिलमा कुल सङ्क्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ । विश्वभर भने हिजो एकैदिन २ लाख ६९ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । 

यसैबीच फ्रान्समा आउने १५ दिन कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुन सक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियरवेरनले आउने १५ दिन आईसीयूमा भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै चेतावनी दिनुभएको हो ।

 गएको केही दिनयता फ्रान्समा कोरोना सङ्क्रमितको संख्या लगातार बढ्दै गएको छ । फ्रान्समा कोराना सङ्क्रमितको सङ्ख्या ३ लाख ४७ हजार २ सय ६७ पुगेको छ भने ३० हजार ७ सय ३० जनाको ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News