अपडेट 
२०७७ भाद्र २१, आईतवार ११:४८

आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । मूल्य घटेर बजारमा छापावाला सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँ रहेको थियो । आइतबार तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम रहेको छ । चाँदी भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर सुन प्रतिऔंस एक हजार तीन सय ३४ डलर हाराहारीमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News