अपडेट 
२०७७ भाद्र २१, आईतवार १२:४९

रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भोलि २२ गतेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ । जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेकाले निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।


यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन  चलाउन पाइने छ । अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । त्यसैगरी होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन , ब्युटीपार्लर , हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News