अपडेट 
२०७७ भाद्र २१, आईतवार १६:३४

पछिल्लाे २४ घण्टामा नाै सय ८० जनामा काेराेना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना भाइरसका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत एक हजार आठ सय १४ जना संक्रमित निको भएर आइतबार डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २८ हजार नौ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News